काठमाडौं
राजधानीको बौद्धमा टिपरको ठक्करबाट एक बृद्धको निधन भएको छ ।
काठमाडौं प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ६ रामहिटीस्थित सडकमा बा.प्र.०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राजकुमार पौडेलको गए राति निधन भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया सुरु गरेकोे छ ।
प्रतिक्रिया