पछिल्लो पुस्ताका चर्चित अभिनेता प्रकाश सपूत चलचित्र ‘मिरमिरे’मा अभिनेता अनुबन्ध भएका छन् ।
केही समयअघि अभिनेता दयाहाङ राईलाई अनुबन्ध गराएको निर्माण पक्षले अभिनेता प्रकाशलाई यो सिनेमामा प्रवेश गराएको हो ।
चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् ।
चलचित्रको निर्देशन यम शेर्पाले गर्ने भएका छन् । चलचित्र ‘कार्साङ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रो छवि बनाएका शेर्पाले चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने बताए ।
“हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”
अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरका छन्े ।
चलचित्रको निर्देशन सँगै कथा पनि यम शेर्पा स्वयंले लेखेका छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
‘मिरमिरे’लाई २०८२ मा प्रर्दशन हुनेछ ।
प्रतिक्रिया