१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


युट्युब च्यानल दर्ता नगरी विवादास्पद रिर्पोट सार्वजनिक गरेको आरोपमा पत्रकार पाठकविरूद्ध पक्राउ पुर्जी जारी



 

काठमाडौं

दर्ता नै नभएको युट्युब च्यानलमार्फत विवादास्पद रिर्पोट सार्वजनिक गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

सो रिपोर्टको विषयमा उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी जारी भएको हो ।

तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत पाँच तारे हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरले खरिल गरेकोबारे भिडिओ रिपोर्ट सार्वजनिक भएको थियो ।

 

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

साइबर ब्युरोले भने यसबारे अहिलेसम्म केही बताएको छैन।

लामो समयसम्म कान्तिपुर टेलिभिजनमा काम गरेका उनी केही समयअघि राजिनामा दिएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।