२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला, सुखद शो प्राप्त



काठमाडौं
चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशभरका हलहरुमा चलचित्रले सुखद शो प्राप्त गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् ।

यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले शुभेच्छुक,चलचित्रकर्मी र सहकारीपिडितहरुबाट चलचित्र राम्रो रहेको प्रतिक्रिया पाएको थियो । प्रिभ्यु शोहरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेर खुशी व्यक्त गरेका थिए ।
सहकारी पिडितहरुले सहकारीपिडितहरुको दबिन लागेको आवाजलाई यो चलचित्रले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका थिए । उनीहरूले यो चलचित्र धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने प्रतिकृया दिउका थिए ।

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण प्रर्दशन सरेर जेठ ३० गते पुगेको थियो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।