५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री दिया पुनद्वारा युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण



काठमाडौं
अभिनेत्री दिया पुनले युरोप महादेशको अग्लो हिमाल माउन्ट एल्ब्रुसको सफल आरोहण गरेही छिन् ।

संसारभरको सातै महादेशका अग्ला हिमाल आरोहणको योजना सहित अघि बढेकी अभिनेत्री पुनले चार महादेशका अग्ला हिमाल आरोहण गरिसकेकी छिन् ।
उनले हालसम्म एशियाको माउन्ट एभरेष्ट, अफ्रिकाको किलिमन्जारो दक्षिण अमेरिकाको अकोंकागुवा र हालै युरोपको माउन्ट एल्ब्रुस सफलतापूर्वक चढिसकेकी छिन् ।
उनी
ओसियानियाको कास्र्टेन्स उत्तर अमेरिकाको पिरामिड डेनाली र अन्टार्कटिकाको माउन्ट विन्सन आरोहणको योजनामा छिन् ।
उनले सो शिखरमा आफु अभिनित चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको राष्ट्रिय झन्डा पनि शिखरसम्म पुर्‍याएकी छिन् । चलचित्र ‘एक्लो’ मा उनले अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।