ललितखबर
चलचित्र क्षेत्रमा अभिनेत्रीहरुको जोडीको चर्चा हुन्छ । कुनै समय सिने नगरिमा राजेश हमाल र मरिष्माको जोडी जमेको थियो । निरुता र दिलिप रायमाझीको केमेष्ट्रिको चर्चा त धेरै समय चल्यो ।
पछिल्लो पुस्ताका अनमोल र जसिता अनि प्रदिप र दिव्याको जोडीको पनि खुबै प्रशंसा भयो ।

तर चलचित्र क्षेत्रकी अर्की सफ अभिनेत्री छिन्, अञ्जना । बक्सअफिसमा चलचित्रहरु निरन्तर सफल भइरहे पनि उनको चर्चा सुनिन्न । चलचित्र पुजार सार्कीमा आर्यन सिग्देल र पूर्ण बहादुरको सारंगीमा विजय बरालसँग जोडी बनेकी उनको भूमिकालाई लिएर प्रशंसा नै भएन । जोडीको चर्चा त परको कुरा ।
सफल चलचित्रभित्र अञ्जना छायाँ पर्नुको कारण उनको प्रचारशैली पनि देखिन्छ । सञ्चारमाध्यमहरुमा उनी हिरोहरुको जोडी बनेर उपस्थित नै भइनन् । उनी चलचित्र पुजार सार्कीमा परिक्षा लिम्बुसँगै मिडियामा छाएको देखियो भने पछिल्लो चलचित्र महाभोगको प्रमोसनमा मलिका महतसँग ।
पछिल्लो समय अञ्जना मलिकासँग ड्रेस कोड मिलाउदै संगै फोटो सेसन गरिरहेको देखिए । उनीहरु एउटै पार्लर र ड्रेस डिजाइनरकोमा धाउने गरेको तथ्य मिडियासामा सुनाए । अनि कसरी होस् त अञ्जना जोडीको चर्चा ???








प्रतिक्रिया