३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनै हराएको मान्छे’मा भोलाराज र आरुस नयाँ लुक्समा



 

निर्माण भइरहेको चलचित्र चलचित्र ‘जनै हराएको मान्छे’मा भोलाराज र आरुस नयाँ लुक्समा देखिएका छन् ।

भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन् । आरुस झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा छन् ।

उनको स्वरुप र सँगै रहेको मन्दिरले उनले आरुस संस्कृत भाषा पढिरहेको संकेत गरेको छ ।
सँगै रहेको ‘यो संसारमा सबैभन्दा महंगो मेरो बाबाको पसिना रहेछ’ले वावुछोराको भावनात्मक सम्बन्ध रहेको बुझ्न कठीन पर्दैन ।
जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् ।
‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ भदौ ६ गते प्रर्दशन हुनेछ । यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।
चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
असोसियट निर्देशक राउतका अनुसार, ‘जनै हराएको मान्छे’ले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ ।
राउतले भने, “यो सम्बन्ध महसुस गर्दा सबैभन्दा गहिरो हुन्छ, तर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । हामीले यही भावनालाई फिल्ममा उतार्ने कोसिस गरेका छौँ ।”
बलियो लाइनअप देखिएको चलचित्रमा विजय, भोलाराज र आरुससँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
विसं। २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८२, शनिबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।