३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सिटामोल’ निर्माण टिमले सुनाए कष्टकर क्षणहरु



 

ललितखबर

चलचित्र निर्माण गर्न साह्रै कठीन छ । पछिल्लो पुस्ता चलचित्र निर्माण गर्नुभन्दा पनि प्रर्दशन गर्न कठीन रहेको सुनाउछन् । देशसँगै संसारका विभिन्न देशमा प्रर्दशनको दौडधुप अनि प्रचार प्रसारको लफडा उत्तिकै हुन्छ ।
राजधानीमा चलचित्र सिटामोलका निर्माणमा सहभागीहरुले यस्तै दुखका कहानी सुनाए ।
चलचित्रका निर्देशक राज बहादुर सानेले खल्तीमा ५ हजार बोकेर चलचित्र छायांकनमा गएको संस्मरण राजधानीमा एक कार्यक्रममा सबैसामु सविस्तार वर्णन गरेक छन् ।
निर्देशक साने निर्माताहरुले चलचित्र निर्माणमा हात झिकेपछि पैसाको अभाव भएको र आफूले आँशु झरेको अनुभव साटेका छन् ।
अभिनेता सौगात मल्लले चलचित्र प्रर्दशन भएपछि पारिश्रमिक लिने शर्तमा थोरै रकम लिएर चलचित्र निर्माण गरेको सुनाउदै भन्छन्,‘गीत सार्वजनिक भएपछि अब चलचित्र प्रर्दशन हुने आशा पलाएको छ ।’ अभिनेता मल्लले चलचित्रका गीतहरु र कथा राम्रो भएकाले सफल हुने विश्वास व्यक्त गरे ।
निर्माताको दुःख बुझेपछि चलचित्रकी अभिनेत्री वेनिशा हमालले लिएको पारिश्रमिक फिर्ता गरौं कि ? जस्तो लागेको सुनाइन् । भनिन्,‘थोरै तर सम्मानजनक कोकनमनी दिनु भएको थियो । मलाई अहिले त्यो धेरै रहेछ भन्ने अनुभव भएको छ ।’
नवअभिनेता श्रीकृष्ण निरौलाले चलचित्र छायांकनको क्रममा आफू गम्भिर विरामी हुँदा कष्टकर अवस्था श्रृजना भएको सुनाए ।

 

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।