३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सफल चलचित्र ‘जारी’ को सिक्वेल चलचित्र ‘जारी २’ को छायांकन पुरा ‘जारी २’ को छायांकन पुरा



काठमाडौं ।

 

बक्सअफिसमा राम्रो कलेक्सन गरेर सफल चलचित्र ‘जारी’ को सिक्वेल  ‘जारी २’ को छायांकन पुरा ‘जारी २’ को छायांकन पुरा भएको छ ।

बहुप्रतिक्षित चलचित्र ‘जारी २’ को छायांकन सकिएको छ । निर्माण टिमले ३६ दिन लगाएर पाँचथरका विभिन्न ठाउँमा छायांकन गरेकाे हाे ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रलाई बाँसुरी फिल्मसले निर्माण गरेको हो । चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, रिचा शर्मालगायतको अभिनय रहेको बताइन्छ । चलचित्रको प्रदर्शन मिति भने अझै तय भइसकेको छैन ।

स्मरणीय छ, चलचित्रको पहिलो सिक्वेल ‘जारी’ ०८० चैतमा प्रदर्शन भएको थियो । त्यतिबेला चलचित्रले नेपालभित्र साढे १७ करोड ग्रस कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको थियो ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।