काठमाडौं
चलचित्र ’महाभोज’ हेरेर कलाकारहरुले गरे प्रशंसा गरेका छन् ।
कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाज शास्त्री निर्मला ढकाल लगायत चलचित्र हेरेर प्रसन्न मुद्रामा फर्केका हुन् ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्रले पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर चलचित्रमा राम्रोसँग देखाइएको बताउदै प्रशंसा गरेका छन् । वरिष्ठ कलाकार सरोज खनालले गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ’महाभोज’ ले दिएको बताउदै भने,‘हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो चलचित्रले झकझक्याउँछ ।’
साहित्यकार अमर न्यौपानेले चलचित्रले कानुनी राज्यको चुनौती माथि प्रश्न उठाएको बताउदै भने,“यत्रो सङ्घर्ष गरेर हामीले संविधान, कानुन बनाएका छौँ । तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् ।”
कलाकार जितु नेपालले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक रहेको प्रतिकृया दिए । भने, ‘चलचित्रमा mसहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ ।
कलाकार परीक्षा लिम्बुले चलचित्रले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । “मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो चलचित्रले देखाएको छ,”
निर्देशक नवीन चौहानले ’महाभोज’का निर्देशक दिनेश राउतको कार्यको उच्च मूल्याङ्कन गरे । उनले भने, “महाभोजलाई मैले निर्देशक दिनेश राउतको आजसम्मकै उत्कृष्ट चलचित्रको रूपमा पाएँ ।”
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ’महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रतिक्रिया