१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


साउदीबाट फर्किएका व्यक्तिमा मंकीपक्स संक्रमण



काठमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मंकीपक्स पुष्टि भएर काठमाडौँ बुढानिलकण्ठका एक व्यक्ति भर्ना भएका हुन्।

एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा बुधबार पुष्टि भएको हो।

अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारले ती व्यक्तिलाई अहिले क्याबिनमा राखेर उपचार सुरु गरिएको जानकारी दिए। उनका अनुसार ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ।

यस बर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ। नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।