१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘माग्ने राजा’का लागि केदार घिमिरेले लिए ६१ लाख पारिश्रमिक



 


चलचित्र ‘माग्ने राजा’ का लागि हास्य कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएका छन् ।

राजधानीमा चलचित्रको पोस्टर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता मुनाल घिमिरेले घिमिरेलाई ६१ लख पारिश्रमिक दिएको जानकारी दिएका छन् । उनले भने, ‘हामीले उहाँलालाई ५१ लाख पारिश्रमिक दिइसकेका छौं । १० लाख दिन बाँकी छ ।’

चलचित्रका निर्देशक ऋषि लामिछानेले कलकार केदार घिमिरेले अत्यन्त परिश्रमक गरेको बताए भने, ‘उहाँको काम अनुसार १ करोड पारिश्रमिक दिनु पर्ने हो ।’
कलाकार घिमिरेले आफू पारिश्रमिकको कर तिर्ने योजनामा रहेको बताए । चलचित्र यही भदौको ६ गतेबाट प्रर्दशन हुने तयारीमा छ ।
कार्यक्रममा कलाकार घिमिरे सोफामा बसेको पोस्टर सार्वजनिक गरिएको थियो । कलाकार घिमिरे सो कार्यक्रममा पहिरो रंगको सुट लगाएर सोफामा बसेका थिए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।