ललितखबर
केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले’ अभियान सुरु गरे । नेकपा एमालेका कार्यकर्ता प्रधान्मन्त्री तथा एमाले अध्यक्षको समर्थनमा झुत्तेर लागे । सामाजिक सञ्जाल ‘म झोले’ले तात्यो ।
कुनै बेला ‘लुट कान्छा लुट, गीत सार्वजनिक गरेर आलोचना सहेका चर्चित गायक पशुपछि शर्माले दुई दिन अघि नयाँ गीत ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक गरे ।
गीत सार्वजनिक भएको केही समयमै भाइरल छ । अहिलेसम्म आठ लाख भन्दा धेरै पटक दर्शकले हेरिसकेका छन् । सार्वजनिक गीत युट्युबको म्यूजिक सेक्सनको ट्रेन्डिङ नम्बर दुईमा छ ।
यस गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो । पछिल्लो समय टिकटक वा फेसबुक रिल्समा उनको यो गीतमाथि थुप्रै भिडियो बनेको छ ।
गीतमा एमालेको समर्थन छैन । गीतले सबै पार्टीका कार्यकर्तालाई व्यङ्ग गरेरिएको छ । कार्यकर्ताले गर्ने विभिन्न राजनीतिक हर्कतमाथि तीतले तिखो आलोचना गरेको सुन्न सकिन्छ । गीतमा एमाले काँग्रेस र माओवादी दलहरुप्रति आयोचना गरेका छन् ।
गीतमा गायक पशुपतिले छाडा गीत गाउने गायक र गायिकालाई समेत छोकेका छैनन ।
पशुपति स्वयंको अभिनय रहेको भिडियोमा उनीसँगै जेरी भण्डारी देखिएका छन् ।
जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ ।








प्रतिक्रिया