लामो समयदेखि चलचित्र क्षेत्रमा डरलाग्दो खलपात्रको परिचय बनाएका कलाकार सुनिल थापा रोचक अवतारमा देखिने तयारीमा छन् ।
चलचित्र ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले कलाकार थापालाईं विल्कुलै फरक गेटअपमा देखाउने योजना खुलसा गरेका छन् ।
निर्देशक चन्दका अनुसार कलाकार थापा चलचित्रका कलाकारको रुपमा भखैरै सुनिल अनुवन्धित गरिएको छ । निर्देशक माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
चलचित्रका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । चलचित्रमा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।
चलचित्रलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ । नायक सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक चलचित्रको सेटबाट फर्किएसँगै वर्कशप सुरु हुने निर्देशक चन्दले बताए ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रमा साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ ।








प्रतिक्रिया