३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘दुश्मन हेरेको हेरै’ गीतलाई प्रधानमन्त्रीको ओलीको बधाई



 

पछिल्लो समय ‘दुश्मन हेरेको हेरै’ गीतले १० करोड दर्शकको साथ पाएपछि सर्जक दुर्गेश थापालाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छन् ।

गायक तथा प्रर्फमर दुर्गेश थापाको श्रृजना ‘दुश्मन हेरेको हेरै’ ले ५ महिना अघि युट्युबमा सार्वजनिक भएको भिडियोले १० करोड भ्यूज पाएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेख्दै भनेका छन्,‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत–संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्यूबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १० करोड पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई छ ।’

प्रधानमन्त्रीको बधाई दिएसँगै गायक थापा पनि प्रतिउत्तर लेखेका छन्, उनले भनेका छन्–‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्युले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ । देशको प्रधानमन्त्रीज्युले नेपाली गीत–संगीतको मूल्य र संभावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशिल पुस्ताका लागि गर्वको विषय पक्कै हो । उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ उर्जा र नयाँ आशाको सम्बोधन थियो । म प्रधानमन्त्रीज्यूप्रतिको हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’

गीत ‘दुश्मन हेरेको हेरै’ बाट प्रधानमन्त्री प्रभावित भएको ब’झ्न कठीन पर्दैन ।

 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।