निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको तेस्रो फिल्म ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् ।
आज चलचित्रको निर्माण टिमले केदारसँग कागजी संझौता गरेको छ ।
कृषा र केदारले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् । चलचित्रमा केदार अनुवन्धित भएपछि कृषाले भनिन्–‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’
यो चलचित्रको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् । आज कलाकार केदारसँग उज्ज्वलले कागजी संझौता गरेका हुन् ।
चलचित्रमा मल्टिस्टारर कलाकारहरु रहने छन् । अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले बताएको छ ।
यो चलचित्रमा यसअघि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । चलचित्रले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।
१० असार २०८२, मंगलबार
46
Shares








प्रतिक्रिया