४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको विष्णुमति खोलाको बाढीले कार बगायो, महिलाको सकुशल उद्दार



 

काठमाडौंको विष्णुमति खोलामा आएको बाढीका कारण एउटा कार बगाएको छ । बाढीले बगाएको कारलाई प्रहरीले पछ्याउने क्रममा कारभित्र एक महिला भेटिएकी थिइन् ।

दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुलबाट उनको उद्दारपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्हरीको भनाई छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएको बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगाएको महानगरिय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । कार बगाएपछि चालक सिंह हाम फलेर ज्यान बचाएका थिए ।

कार बग्दै जाने क्रममा बानियाटार पुलमा आएर अड्किएको थियो ।

कारलाई क्रेनको सहायताले बाहिर निकालिएको छ

 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।