२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।

काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिल कुमार समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।