१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशतले प्राप्त गरे ग्रेडिङ



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले एसईई को नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजा अनुसार एसईई ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडिङ प्राप्त गरेका छन्। गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४।० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ। गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।