५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अलिशा बास्तोला र गौरव हमालको अभिनयमा ‘ढाँट्यो मायाले’ सार्वजनिक



 

काठमाडौं
गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ । एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ।

 

गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्। शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा द्यत्क् ९द्यभजष्लम त्जभ क्अभलभ० कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्।

गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन् भने पोस्टर डिजाइन क्म् ज्इग्क्भ्ले गरेको हो। भिडियोमा अमीर के।सी सहायक निर्देशकको भूमिकामा रहेका छन्।

गीतको लय, दृश्य र सन्देशको संयोजनले ‘ढाँट्यो मायाले’ दर्शकको मन छुने भिडियो बन्ने विश्वास गरिएको छ। फेसबुक, युट्युब, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न पाइनेछ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।