३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


लघु चलचित्र ‘बाछिटा‘को अन्तिम चरणमा



लघु चलचित्र ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ ।
पर्फोमिङ आर्ट क्रियसनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् ।
सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सम्पादन कार्य अन्तिम चरणमा रहेको निर्देशक मगरले जानकारी दिएका छन् ।
सत्य घटनामा आधारित लघु चलचित्र बाछिटाले शसस्त्र द्वन्द्वका छिट्टालाई चित्रण गर्ने निर्देशक मगरले जानकारी दिएका छन् ।
क्रिशला मगर कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा, पटकथा लेखनको काम आरुष मगरले गरेका छन् ।
संकल्प भुजेलको छायांकन, राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् भने दृश्य सम्पादन निर्देशक मगर स्वयम्ले गरेका छन् ।
चलचित्रमा शुशिला थापा, सुनिता गाहा मगर, अमृत काउचा मगर, विकल लामा, मिना पुर्णिमा आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।