लघु चलचित्र ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ ।
पर्फोमिङ आर्ट क्रियसनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् ।
सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सम्पादन कार्य अन्तिम चरणमा रहेको निर्देशक मगरले जानकारी दिएका छन् ।
सत्य घटनामा आधारित लघु चलचित्र बाछिटाले शसस्त्र द्वन्द्वका छिट्टालाई चित्रण गर्ने निर्देशक मगरले जानकारी दिएका छन् ।
क्रिशला मगर कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा, पटकथा लेखनको काम आरुष मगरले गरेका छन् ।
संकल्प भुजेलको छायांकन, राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् भने दृश्य सम्पादन निर्देशक मगर स्वयम्ले गरेका छन् ।
चलचित्रमा शुशिला थापा, सुनिता गाहा मगर, अमृत काउचा मगर, विकल लामा, मिना पुर्णिमा आदि कलाकारको अभिनय रहेको छ ।
१५ असार २०८२, आइतबार
20
Shares








प्रतिक्रिया