२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोहर’को गीतलाई नौ दिनमा १० लाख पटक हेरियो



सार्वजनिक भएको ९ दिनमा चलचित्र ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख पटक हेरिएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र साउनको २३ गतेबाट प्रदृशनमा आउँदैछ ।
चलचित्रमा बेनिशा हमाल, अर्जुन जंग शाही, रविन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवी लगायतका कलाकारह?को पनि अभिनय छ ।

गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’
शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । चलचित्रको टिजरलाई पनि दर्शकको सुखद प्रतिक्रिया मिलेको छ ।
योे गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो चलचित्रको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
चुम्बन जंग शाही चलचित्रका निर्माता हुन् । फिल्म मेकर्स प्रा।लिको प्रस्तुतिमा तयार भएको फिल्मले देउकी प्रथाको कथा भन्छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।