२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित



काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसमाथि छलफल भइ मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।

मन्त्री गुप्ताले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।