काठमाडौं उपत्यकाको दक्षिणढोका र इमाडोलमा उक एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका ६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा
फेला परेका छन् ।
साथै, ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल २ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१७ असार २०८२, मंगलबार
400
Shares








प्रतिक्रिया