नेपाली चलचित्र ‘आँखा’ इटालीमा उत्कृष्ट चलचित्र घोषित भएको छ भने अभिनेत्री स्मिता लामिछानेलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
जित्न सफल भएको छ ।
नेपाली चलचित्र ‘आँखा’ले इटालीको प्रतिष्ठित २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आट्र्स फेस्टिभल (आईपीएएएफ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको हो ।
चलचित्रका निर्देशक योञ्जनले अवार्ड समारोहमा भाग लिनका निमन्त्रणा आइसकेको जानकारी दिए ।
उनका अनुसार अवार्ड समारोह आगामी १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा आयोजना हुने र सो कार्यक्रमका लागि इमेलमार्फत निमन्त्रणा गरिएको छ ।
‘आँखा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा पनि तीन विधामा अवार्ड जितेको थियो ।
फिल्म ‘आँखा’ गत वर्ष असोज ११ गते प्रदर्शनमा आएको थियो ।








प्रतिक्रिया