१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अध्यक्ष नेपालविरुद्ध टिप्पणी गरेपछि नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध सार्वजनिक रूपमा टिप्पणी गरेपछि स्पष्टीकरण सोधेको छ।

गत शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपाल मुछिएको भन्दै पार्टी नेतृत्व पुनर्गठनको माग गरेकी थिइन्। उनले “अब सिनो बोकेर अगाडि बढ्न सकिन्न” भन्ने अभिव्यक्तिसहित अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रस्ताव सार्वजनिक गरेकी थिइन्।

उनको अभिव्यक्तिप्रति पार्टीभित्र तीव्र असन्तोष उत्पन्न भएको थियो। त्यसपछि पार्टीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो।

पार्टीले यसअघि पनि सबै सदस्यलाई नेतृत्वविरुद्ध सार्वजनिक रूपमा धारणा नबिसाउन निर्देशन दिँदै प्रेस विज्ञप्ति जारी गरेको थियो। तर झाँक्रीले पुनः आलोचनात्मक अभिव्यक्ति दिएकी थिइन्।

पार्टी नेतृत्वको विश्वसनीयता र अनुशासनमा प्रश्न उठ्ने गरी अभिव्यक्ति दिएको भन्दै अनुशासन आयोगले यसलाई गम्भीर रूपमा लिएको बताइएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।