१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा–सुविधा फिर्ता लिइन्



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा त्याग गरेकी छन्। उनले बुधबार (असार १८) गतेबाट लागू हुनेगरी सेवा–सुविधा फिर्ता लिने निर्णय गरेकी हुन्।

गृह मन्त्रालयका अनुसार भण्डारीले पठाएको सेवा सुविधा त्यागसम्बन्धी पत्र बुधवार मन्त्रालयमा दर्ता भइसकेको छ। मन्त्रालयले पत्रलाई सम्बन्धित शाखामा पठाएको जनाएको छ।

भण्डारी निकट स्रोतका अनुसार उनले आजकै मितिबाट सेवा सुविधा फिर्ता गरिसकेकी छन्। यससँगै उनीले स्वकीय सचिव, कार्यालय सहयोगी लगायतका लागि सरकारले उपलब्ध गराउँदै आएको मासिक डेढ लाख रुपैयाँ बराबरको सुविधा पनि लिन बन्द गर्ने जनाइएको छ।

तर, सुरक्षा प्रोटोकल भने त्याग गर्न नपाइने भएकाले उनीप्रति लागू हुने सुरक्षा व्यवस्था भने यथावत रहने गृह मन्त्रालयले स्पष्ट पारेको छ। पूर्व राष्ट्र प्रमुखको सुरक्षाको जिम्मा सेना र प्रहरीमार्फत कायमै रहने बताइएको छ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माणको कार्य अधुरो रहेको भन्दै नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि सेवा सुविधा त्यागको निर्णय लिएकी हुन्। गत असार १४ गते उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन्।

 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।