३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिरमिरे’मा अभिनेता दयाहाङ र प्रकाश सपुत एक साथ देखिदै, छायांकन सुरु



 

चलचित्र ‘मिरमिरे’मा अभिनेता दयाहाङ र प्रकाश सपुत एक साथ देखिने भएका छन् । प्रकाश र दयाहाङको यो पहिलो सहकार्यकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् ।
काभ्रेको पनौती नगरपालीका ११ बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो ।

एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट छायांकनमा निस्किएको हो ।

आजबाट सुरु भएको छायांकन हामी करिब ३५ दिन खिच्ने छौँ,” निर्देशक यम शेर्पाले भने । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् ।

चलचित्रको बाल(कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

निर्माणपक्षले चलचित्रको कथा बारे केही खुलाउन चाहेका छैनन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।