५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तीजमा छाडा गीत गाउने राजकुमार ओलीले गरे दर्शक श्रोताको आलोचना



काठमाडौं
तीजको पुर्वसन्ध्यामा छाडा गीतको सार्वजनिक हुने क्रम बढ्ने गरेको छ । पछिल्लो समय यस्तै एउटा छाडा गीतले बजार तताइरहेको छ ।

गायिका सल्ला धमला र राजकुमार ओली र अस्मिता थापाको स्वरमा सार्वजनिक गीतको शव्द र भिडियोलाई लिएर दर्शक श्रोताले आलोचना गरिरहेका छन् । तर सर्जक ओलीले उल्दै दर्शक श्रोताको आलोचना गर्दै सामाजिक सञ्जालमार्फत सिकाएका छन् ।
गीतमा ‘मसँग गन छ पड्काउने मन छ’ र ‘राँगाले भैसीलाई, गोरुले गाईलाई गरे झैं माया गर न मलाई’ जस्ता शव्दलाई दिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
गीतमा मोडल समेत रहेका सल्ला धमला र राजकुमार ओलीको उत्तेजक नृत्यलाई लिएर आपत्ती जनाइएको छ ।
तीजजस्तो पवित्र धार्मिक पर्वमा छाडा र उत्तेजक गीत सार्वजनिक गरिएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ ।
गीतलाई लिएर नकारात्मक प्रतिकृया आएपछि सर्जक ओलीले गीत आफूले नविगारेको तर्क गर्दै उल्दै आलोचना गरेका छन् । दर्शक श्रोता तीजको गीत बजाएर पार्टी प्यालेसमा गएर नाच्न थालेकोले त्यही दिनदेखि नेपाली तीजको गीत बिग्रीसकेको बताएका छन् । उनले नेपाली समाजमा श्रीमान र श्रीमती मिलेर बुढी आमालाई वृद्धाश्रममा छोडेर पार्टी प्यालेसमा गएर नाच्ने, दर भन्दै दारु खाने, मादल र बाँसुरी बजाएर नाच्नुपर्ने ठाउँमा देग बजार नाच्ने, व्रत बसेको दिन घाम न डुब्दै खाना खाने गरेको भन्दै आलोचना गरेका छन् ।

उनले नेपाली गीत संगीतमा केही हुँदैन भनेर विदेश हिँडेको गरेको तर नेपाली गीत केही गर्नुपर्छ भनेर लागिरहेको आफूहरुलाई संस्कार र संस्कृति सिकाएको भन्दै कडा शव्दमा सामाजिक सञ्जालमा दर्शक श्रोताकै आलोचना गर्दै लेखेका छन्, ‘मान्छेहरूको बुद्धि दिमाग त्यही राँगा र भैँसीको जतिको पनि छैन ।’

ओलीको शव्द र कम्पोज रहेको गीतको प्रोगामिङ र मास्टरिङ कुमार सानु पुनले गरेका छन् ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।