ललितखबर
नेपाली चलचित्रका पुरुष पात्रको अभिनय गर्ने कलाकारहरुको पारिश्रमिकको सधै चर्चा हुने गरेको छ । पछिल्लो समय केदार घिमिरे ‘माग्नेबुढा’ले एक चलचित्रका लागि ६१ लाख लिएको र नलिएको भन्ने विवाद छताछुल्ल भएकोछ ।
केही समय अघि अनमोल केसीले ५० लाख पारिश्रमिक लिएको प्रमाण स्वरुप कर कार्यालयको कर दाखिला कागज नै सार्वजनिक गरेका थिए ।
तर बक्सअफिसमा सुपरहिट भएको चलचित्र ‘बोक्सीको घर’की अभिनेत्री केकी अधिकारीले भने आफूहरुको पारिश्रमिक सधै न्युन रहने गरेको भन्दै असन्तुष्टि पोखेकी छिन् ।
अभिनेत्री अधिकारीले बक्सअफिसलाई सुपरहिट चलचित्र दिए पनि कुनै भ्यालु नभएको महसुस गरेको बताइन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले भनिन्, ‘हामीले अभिनेत्री चलचित्रका लागि महत्वपूर्ण छन् भन्ने प्रमाणित नै गर्न सकेका छैनौं । आफ्नो पारिश्रमिक धेरै लिनु त परको कुरा अभिनेत्रीले अभिनेताको समय मिले मात्रै चलचित्रमा काम पाउने अवस्था छ । नत्र एक फोन कलमा चलचित्रबाट विदा लिनुपर्छ ।’
अभिनेत्री मिरुना मगर भने आफ्नो पारिश्रमिकको चर्चा नभइदिए हुन्थ्यो भन्ने लाग्ने रहेको छ । आफूले राम्रो काम गर्दै जादा पारिश्रमिक बढ्दै जाने कुरामा आफू विश्वस्त रहेको बताइन् । भनिन्, ‘म खुशी नै छु ।’ अभिनेत्री मिरुना प्रशंसकले अभिनयको तारिफ गरेको कुरामा मख्ख पर्ने गरेको अनुभव सुनाइन् ।








प्रतिक्रिया