चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
चलचित्रको निर्माणपक्षले आर।आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट चलचित्र प्रर्दशन गर्ने घोषणा गरेको हो ।
कृषा चौलागाइको निर्देशनमा बन्ने यो चलचित्रमा
यो चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि चलचित्रमा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।
भदौबाट यो चलचित्रको छायांकन जापानमा सुरु हुनेछ । हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ ।
उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो ।
चलचित्रलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ । चलचित्रलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।
अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहने यस चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।
भुलबश चलचित्रको मिती सरेको विषय पर्न गरेकोले क्षमा सहित सच्चइएको छ । सम्पादक








प्रतिक्रिया