३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशका अधिकांश भागमा बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर मौसममा सक्रियता देखिंदै गएको सन्दर्भमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा पनि आंशिकदेखि सामान्य बदली रहने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। साथै, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही उच्च भूभागमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले औंल्याएको छ।

देशका उच्च–पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

मंगलबार दिउँसोसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने र सबै प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

यात्रा, खेतीपाती तथा नदी किनार आसपासका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।