५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित कलाकार ‘तक्मे बुढा’ बनाउदै छन् चलचित्र, धिरज मगर अनुबन्धित



‘तक्मे बुढा’को नामले चर्चामा आएका कलाकार विल्सन विक्रम राईको निर्देशनमा नयाँ चलचित्र ‘मैझारो’ निर्माणको घोषणा गरिएको छ ।

चलचित्रका लागि.सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईले गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘मैझारो’ मा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ रहने बताइएको छ ।

चलचित्रका अन्य कलाकारको नाम चाँडै सार्वजनिक गर्ने निर्माण पक्षले तयारी गरेको छ ।

साउनको पहिलो साताबाट ईलाम र पाँचथरका रमणीय स्थानहरूमा छायांकन गर्ने तयारी रहेको निर्देशक राईले बताएका छन् ।

तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन् ।
लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।

 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।