२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने १८ जनाको पहिचान खुल्यो (सूचीसहित)



काठमाडौं । मंगलबार बिहान सबैरै रसुवाको गोसाईकुण्ड -२ रसुवागढी स्थित नेपाल-चिन अन्तर्राष्ट्रिय सीमानाकामा चीनतर्फ अबिरल बर्षाको कारण लेन्दे नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । प्रहरीले हराइरहेका १८ जनाकै विवरण सार्वजनिक गरेको छ । बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन् ।

त्यस्तै तीन जना गाडी चालक समेत बेपत्ता छन्। बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्। लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।

यस्तै बाग्लुङका उमेर नखुलेका नरेन्द्र वि.क., सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ बेपत्ता छन् ।

 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।