२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री सनिशा भट्टराईको रंगमञ्च डेब्यु, ‘शिरीषको फूल’मा सकम्बरीको भूमिकामा



काठमाडौं । अभिनेत्री सनिशा भट्टराई अब रंगमञ्चमा पनि पाइला चाल्न लागेकी छन्। हिट फिल्म ‘१२ गाउँ’ बाट अभिनय यात्रा सुरु गरेकी सनिशाले ‘शिरीषको फूल’ नाटकमार्फत रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन्।

कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले साउनदेखि मञ्चन गर्ने तयारी गरिरहेको नाटक ‘शिरीषको फूल’मा उनी ‘सकम्बरी’ पात्रको भूमिकामा देखिनेछिन्।

रंगमञ्चमा पाइला राख्न पाउँदा उत्साहित देखिएकी सनिशाले सामाजिक सञ्जालमार्फत भनिन्, “भिडियो र फिल्मको कलाकारिता हुँदै ‘शिरीषको फूल’मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु। ‘सकम्बरी’ मेरो लागि विशेष पात्र हुनेछ।”

नाटकमा अभिनेता जीवन लुइंटेल पनि अभिनय गर्दै छन्। एक दशकपछि अभिनयमा फर्किन लागेका जीवनले ‘शिरीषको फूल’मा ‘सुयोगवीर’को भूमिका निर्वाह गर्नेछन्। हाल अमेरिका रहेका उनी आगामी साता नेपाल फर्किने कार्यक्रम रहेको छ।

म्युजिक भिडिओ हुँदै अभिनय यात्रा सुरु गरेकी सनिशाले पहिलो फिल्म ‘१२ गाउँ’ मार्फत चर्चा कमाएकी थिइन्। यद्यपि, दोस्रो फिल्म ‘नरसिंहा: अवतार’ भने बक्सअफिसमा खासै सफल हुन सकेन।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।