२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जदौ’मा बिनोद न्यौपानेको प्रवेश



काठमाडौं
निर्माणाधिन चलचित्र ‘जदौ’ अभिनेता बिनोद न्यौपानेको प्रवेश भएको छ ।
अन्तरजातीय प्रेमसम्बन्धको कथा आधारित यस चलचित्रमा मुकुन भुसाल,नीति शाह र ऋचा शर्मा अनुबन्धीत भइसकेका छ्न ।
अभिनेता बिनोदले चलचित्र ‘जदौं’ को हिस्सा बन्न पाउदा खुशी ब्यक्त गरेका छन् ।
काजी लिम्बूको लेखन रहेको फिल्म ‘जदौं’ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ।
फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् ।
बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।
निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार,प्राबिधीक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन ।
चलचित्रको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा हुँदेछ । सिनेमामा बाबुल गिरीको संगीत रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।