२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तीनथाना सडकको डिभाइडरमा ठोक्कियो मोटरसाइकल, चालकको निधन



काठमाडौं
काठमाडौंको तीनथाना सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएपछि भएको दुर्घटना हुँदा चालकको निधन भएको छ।

काठमाडौं प्रहरीका अनुसार शुक्रबार एकाविहानै थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा प्र। ०२–०४२ प ९८२२ नम्बरको स्कुटरसँग ठोक्कर खाएको थियो।

दुर्घटनाका क्रममा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका ४ थानकोटका अन्दाजी ३४ वर्षका रोशन ढकाल गम्भीर घाइते भएकोमा

उनलाई तत्काल उद्धार गरी उपचारका लागि कलंकीस्थित शहिद मेमोरियल असप्तालमा पु‍र्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा स्कुटरमा सवार धादिङको धुनिवेशी नगरपालिका–९ का २५ वर्षीय विवेक केसी घाइते छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।