३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अशोक दर्जीको डेब्यु फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गतेदेखि प्रदर्शनमा



काठमाडौं । चर्चित बालगायक अशोक दर्जीको डेब्यु फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।

निर्माण युनिटका अनुसार फिल्म प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन्। फिल्मकी निर्मात्री विष्णु माया मैनालीले उक्त जानकारी दिएकी हुन्।

‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतमार्फत गायन यात्रा सुरु गरेका अशोक दर्जी यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्। हाल उनी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

सामाजिक विषयवस्तुमा आधारित फिल्मलाई टङ्क बुढाथोकीले निर्देशन गरेका हुन्। फिल्मको कथा बुढाथोकीले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्।

फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, रमा विश्वकर्मा, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा लगायत थुप्रै कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन् भने जी.पी. सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताका रूपमा रहेका छन्।

संगीत निर्देशक टङ्क बुढाथोकीको संगीत रहेको फिल्ममा सौरभ लामाको छायांकन, मित्र डी. गुरुङको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।