१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा ट्रकको ठक्करपछि वालकको निधन



भक्तपुर
भक्तपुरमा ट्रकको ठक्करपछि वालकको निधन भएको छ ।

प्रहरीका अनुसार मध्यपुर थिमी नगरपालिका २ शिक्षा विभाग नजिक सडकमा बा.२ क १२८४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भक्तपुर सानोथिमी बस्ने सिराहा विष्णुपुर गाउँपालिका–४ घर भएका मन कुमार यादवको छोरा ५ वर्षीय आरव यादवको शुक्रबार बिहान निधन भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।