२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लोकतन्त्रपछि देशमा उल्लेखनीय विकास देखिएको छ : मदनकृष्ण श्रेष्ठ



काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रको आगमनपछि नेपालमा धेरै सकारात्मक परिवर्तन र विकास भएको दाबी गरेका छन्। बुधबार महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालनको उद्घाटन कार्यक्रममा बोल्दै उनले आधुनिक प्रविधि र पूर्वाधार विस्तारले देशको मुहार बदलिएको बताएका हुन्।

“अब हाम्रो देश पनि ईभी मोटर चढ्ने युगमा प्रवेश गरिसकेको छ,” श्रेष्ठले भने, “बाटोघाटो गाउँगाउँसम्म पुगेको छ, बिजुली पुगेको छ। हामीले पेट्रोल र डिजेलमा अर्बौं खर्च गर्‍यौं, अब आफ्नै विद्युत प्रयोग गरेर गाडी चढ्ने बेला आएको छ।”

श्रेष्ठले लोकतन्त्रपछि नेपालले भौतिक र प्रविधिगत विकासमा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै व्यक्तिगत अनुभव पनि सुनाए। “म पहिले जोमसोममा मोटर जाला भन्ने कल्पना गर्दिन थिएँ, तर अहिले मोटरमै जोमसोम पुगेर आएको छु,” उनले भने।

मदनकृष्ण श्रेष्ठले विद्युतीय बस सेवा जस्ता योजनाले वातावरणमैत्री, सस्तो र दीर्घकालीन समाधान दिन सक्ने उल्लेख गर्दै यस्तो पहललाई सराहना गरे। उनले बस सेवा तथा सार्वजनिक यातायातको संख्या र गुणस्तरमा अझ सुधार गर्नुपर्ने सुझावसमेत दिए।

“बसको संख्या र सेवा अझै बढ्न जरुरी छ,” उनले जोड दिए, “यसले आम जनताको जीवन सहज बनाउँछ।”

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।