२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लियो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेपछि जसपाले औपचारिक पत्रमार्फत समर्थन फिर्ता लिएको घोषणा गरेको हो। समर्थन फिर्ता गरिएको पत्र पार्टीका प्रमुख सचेतक रेखा यादवले संघीय संसदका सभामुख देवराज घिमिरेलाई बुझाएकी छन्।

प्रमुख सचेतक यादवले भनिन्, “संसदीय दलको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हो।” सरकारमा रहेको असन्तुष्टि, मागको उपेक्षा र पछिल्लो राजनीतिक समीकरणका कारण पार्टीले समर्थन फिर्ता लिएको बताइएको छ। यद्यपि, पार्टीले आगामी राजनीतिक कदमबारे भने औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। यस निर्णयसँगै सत्तारुढ गठबन्धनमा नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।