२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही



 

काठमाडौं

चलचित्र ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्ध भएको छन् ।

निर्देशनमा बन्ने
प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’पछि निर्देशक मिलन चाम्सको अर्को चलचित्रमा काम गर्ने पक्का भएको हो ।

अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्ने तयारीमा छन् ।
चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको काम अझै जारी रहेको चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्ने यो चलचित्रको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ।

यस्तै, चाम्स निर्देशित बायोपिक चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गर्दै नेपाली बायोपिक विधामा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको कीर्तिमान राखेको छ। ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य गरेर तयार पारिने निर्देशक चाम्सको भनाइ छ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो चलचित्रको नाम सुन्दा नारीप्रधान लागे पनि फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिए।

 

 

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।