काठमाडौँ
गत साउन ४, ५ र ६ गते भिषण वर्षा हुनसक्ने भन्दै मौसम विज्ञान विभागले विषेश बुलेटिन जारी गर्यो । सो समयमा प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न जिल्लाका प्रशासन र नगर र गाँउपालिकाहरुले पनि सर्तकता अपनाउन विज्ञप्ती निकालेरै सचेत गराए । तर पनि खार्स बर्ष भएन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दा बर्षा नभएको जानकारी दिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोेले यस्तो अवस्था आएको विभागका मौसमविद्हरु बताउछन् ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने औल्याएका छन् । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया