१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरिबाट ६ किलो चरेशसहित महिला पक्राउ



काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेकी महिलामाथि शंका लागि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो परिमाणको चरेश फेला परेको हो।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका २ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका ९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगर रहेकी छन्।

उनले साथमा बोकेको रातो रंग भएको जेब्रा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ १२ थान तौल गर्दा ६ केजी बरामद गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपील राज बोहराले बताए।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।