काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा पुगेको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत,ट्याक्सी वे र एप्रोन विस्तारलगायतका काम लगभग पुरा हुने चरणमा पुगेको हो ।
निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय जहाजको पार्किङ क्षमता ११ विमानबाट बढेर १८ वटामा पुग्ने भएको छ । त्यस्तै धावन मार्गको क्षमतामा पनि २५ प्रतिशतले वृद्धि भइ एयर ट्राफिक व्यवस्थापन सहज हुने विमानस्थलको विश्वास छ ।
ट्याक्सी वे र अन्य संरचनाको विस्तारपछि विमानस्थलको यात्रु क्षमता करिब १ करोड पुग्ने अनुमान छ । विमानस्थलबाट अहिले दैनिक तीन सय उडान भइरहेका छन् ।
दुई वर्षदेखि जारी स्तरोन्नतीको कार्य बीचमा रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण पश्चिम तर्फको काम भने अहिले रोकिएको छ । आयल निगमको डिपो स्थानान्तरणका लागि प्राधिकरणले उत्तर तर्फ जमिन उपलब्ध गराइसकेको छ । निगमले डिपो सारेलगत्तै पश्चितर्फको समानान्तर ट्याक्सीवेले पुर्णता पाउने छ ।

विमानस्थलका यी आयोजना सकिएसँगै प्राधिकरणले अन्तराष्ट्रिय यात्रु टर्मिनल अत्याधुनिक सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छ । ३००० मिटर लामो रहेको धावन मार्गको यसअघि नै स्तरोन्नती गरि ३३०० मिटर बनाइ सकिएको छ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रुकोे चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्यलाई तिब्रता दिएको हो । मनसुनको
समयमा पनि कामलाई तिब्रता दिइएकाले निर्धातिर मितिमै काम सम्पन्न हुने
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको थियो ।
गत बैशाखसम्म ५ महिना राती १० घण्टा विमानस्थल बन्द गरेर काम गरिएको थियो । उडान रोकेको भन्दै प्राधिकरणको त्यतिबेला आलोचना भएको थियो । राति उडान रोकेपनि विमानस्थलको आय र यात्रुको संख्या गतवर्षको भन्दा कमी नभएको अधिकारीले बताए ।
यो काम चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेसनलले गरिरहेको छ । दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय विमान पार्किङ (एप्रोन), ह्याङ्गर क्षेत्रको निर्माण कार्य आगामी पुसमा सकिने छ ।
।








प्रतिक्रिया