२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टालिएको सडककोे कालोपत्र नै उप्कियो



भोजपुर
 भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भए पनि भत्केको छ ।
विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको थियो। तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै भत्किएको हो ।
सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन  रहेको स्थानीयवासीको आरोप छ । टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताएका छन् । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ ।
“सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ”, उनले भने, “खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ । सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन । पुरिएका खाल्डा एकरदुई महिना नहुँदै भत्किएका छन् । यो कामको अनुगमन हुनु पर्‍यो ।” यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो ।
टालिएको सडक पुनः भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन् । सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ । सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।