२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मोहर’को ट्रेलरमा देउकी प्रथाको त्रासदीपूर्ण झल्को



काठमाडौं
कुनै बेला पश्चिम नेपालमा वालिकालाई मन्दिरमा चढाउने अनौठो प्रथा चलन चल्तीमा थियो । यही कथालाई लिएर चलचित्र मोहोर निर्माण गरिएको छ ।

 

भर्खरै सार्वजनिक चलचित्रको  ‘मोहर’को ट्रेलरले वालिकालाई देउकी चढाउने क्रममा देखिएको अन्र्तद्वन्द्व समेटिएको छ । यद्यपी देउकी प्रथा भित्रका विभिन्न आरोह अवरोह भने खुलस्त पारिएको छैन ।
चलचित्रमा बाल–कलाकार सारा शर्माको अबोध संवादले मन छुन्छ । कलाकार अर्जुन जंग शाहीले ऐतिहासिक दिनका लागि छोरी तयार पारेर राख्न दिएको आदेशले अबोध बच्चा देउकी राख्ने क्षणको त्रासदी झल्कन्छ ।

अभिनेता पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाहबीचको रोमन्सभन्दा पनि द्वन्द्वका दृश्यबाट चलचित्र खास फरक रहेको संकेत पाइन्छ ।

चलचित्र ‘मोहर’को ट्रेलर अभिनेता पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही चलचित्रका निर्माता हुन् ।

यो चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

चलचित्र साउनको २३ गतेबाट प्रर्दशनमा आउने लागेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।