२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माग्ने राजा’चर्चामा, गीतलाई २१ लाख भ्यूज



काठमाडौं । फिल्म ‘माग्ने राजा’ निर्माणको घोषणा भएसँगै चर्चामा आएको छ । टिजर, फस्टलुक र गीत सार्वजनिक भएपछि फिल्मका प्रवर्धन सामग्रीले दर्शकको ध्यान तानेका छन् ।

केही दिन अघि सार्वजनिक भएको ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतले युट्युबमा लोकप्रियता पाइरहेको छ । रिलिजको पाँच दिनमै यो गीतले २१ लाख भ्यूज पाएको छ । टिकटकमा पनि यो गीतमा बनाइएका भिडियोको संख्या उल्लेख्य रहेको छ ।

ऋषि लामिछाने निर्देशित फिल्मको निर्माता मुनाल घिमिरे हुन् । आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा केदारप्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् ।

अघिल्ला फिल्म र सिरियलहरूमा भावुक कथा प्रस्तुत गर्दै आएका निर्देशक लामिछानेले यसपटक दर्शकलाई हँसाउने तयारी गरेका छन् ।

समसामयिक कथालाई हास्यशैलीमा प्रस्तुत गरिएको फिल्मप्रति दर्शकको चासो बढिरहेको निर्माण पक्षले जनाएको छ । सधैं सहायक भूमिकामा देखिँदै आएका कलाकार केदारप्रसाद घिमिरे यसपटक मुख्य भूमिकामा देखिने भएकाले पनि दर्शकका लागि उनको भूमिका विशेष हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।