२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


खोकनाबासीले उठाएको माग र द्रूतमार्गको विकल्पबारे प्रधानमन्त्रीद्वारा  छलफल



काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई र मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्ने बारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु कायम भएको ललितपुर महानगरपालिका २१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरेका थिए  ।
खोकना क्षेत्रमा नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।
छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।