२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता(भिडियोसहित)



सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य एकैपटक गाउँबाट सम्पर्कविहीन भएपछि प्रहरीको टोलीले खोजतलास सुरु गरेको छ।

छेत्पा नजिकैको भण्डास विप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवार सोमबार बिहानदेखि हराएको सूचना स्थानीयवासीहरूले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई दिएका थिए। सूचना प्राप्तलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

उनका अनुसार हायुको घरमा सामान्य क्षति देखिएको छ भने परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन्।
“घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घरमा पुगेको हो,” एसपी सुवेदीले भने, “घरमा कोही छैनन्, तर पशुचौपाया छाडिएका छन्। अनुसन्धान जारी छ।”

हाल प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग समन्वय गरी बेपत्ता परिवारको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ। यद्यपि अहिलेसम्म परिवार कहाँ र किन हरायो भन्नेबारे स्पष्ट कारण वा प्रमाण भने फेला परेको छैन।

सिन्धुलीको ग्रामीण बस्तीबाट यसरी एकैपटक ठूलो संख्यामा मानिस हराएको घटनाले स्थानीयवासीबीच आशंका र चिन्ता उत्पन्न गराएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।